NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

२४ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

धनुषा । धनुषामा २४ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

आज बिहान धनुषाको विदेह नगरपालिका ९ इटहर्वाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित भारतको मधुवनी जिल्लाको मागंपट्टी पञ्चायत १ का २३ वर्षका उमेश कुमारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई तथा नगद र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी ८ नम्बर गण मुजेलियाका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणी ढकालले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष