NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एनआइसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा लिँदा सेवाग्राहीले के कुरामा ध्यान दिने ?

काठमाडाैैं । एनआइसी एशिया बैंकले बैंकको शाखारहित बैंकिङ सेवा लिँदा ध्यान दिनुपर्ने कुराहरू सूचनामार्फत जानकारी गराएको छ ।

बैंकका अनुसार बैंकको शाखारहित बैंकिङ सेवा लिँदा सेवाग्राहीले निम्न कुरामा ध्यान दिनुपर्छ ।

१.शाखारहित बैंकिङ सेवा प्रयोग गर्ने हरेक ग्राहकले आफ्नो औंठा छाप प्रयोगपश्चात मात्रै बैकिङ कारोबार गर्न सक्नेछन् ।

२. कारोबार गर्ने क्रममा मेसिनबाट सुनिने निर्देशनात्मक आवाजले ग्राहकलाई हुन गइरेहको कारोबार र कारोबारको रकम तथा अन्त्यमा कारोबार सफल भए नभएको जानकारी गराउने छ ।

३. मेसिनले हरेक कारोबार सम्पन्न भएपछि कारोबारको विवरणसम्बन्धी लिखित पर्चामा प्रिन्ट गरी उपलब्ध गराउँदछ । ग्राहकले आफ्नो रकमको सुरक्षा र कारोबार सफल भएको जानकारी पाउनको लागि अनिवार्य रूपमा उक्त पर्चा कारोबारको प्रमाणस्वरूप लिनुपर्छ ।

४. बैंकसम्बन्धी सम्पूर्ण जानकारी तोकिएका व्यवसायिक प्रतिनिधिको माध्यमबाट प्राप्त गर्न सकिने छ । विस्तृत जानकारीको लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

५. कारोबारसम्बन्धी सम्पूर्ण जानकारी ग्राहकको रजिष्टर्ड मोबाइल नम्बरमा एसएमसमार्फत प्राप्त नभएमा ग्राहकले मेसिनबाट खाताको विवरण हेरी कारोबार सम्पन्न भए नभएको हेर्नुपर्छ ।