पठानमा कसले कति पारिश्रामिक लिए ?
एजेन्सी । बलिउड अभिनेता शाहरूख खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘पठान’ आगामी २५ जनावरीमा प्रदर्शन हुँदै छ ।
यसैबीच फिल्मका तीनै मुख्य पात्रले पारिश्रामिकवापत मोटो रकम असुली गरेको खबर आएको छ । बलिउड सञ्चारमाध्यमले जनाएअनुसार दीपिकाले १५ करोड र जोनले २० करोड रूपैयाँ पारिश्रामिक लिएका छन् भने शाहरूखले सय करोड रूपैयाँ लिएका छन् । जुन दीपिका र जोनको भन्दा कयौं गुना बढी छ ।
पठानमा अभिनेता सलमान खानको पनि ‘स्पेसल अपेरियन्स’ रहेको छ । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । सिद्धार्थले फिल्म निर्देशन गरेवापत ६ करोड रूपैयाँ पारिश्रामिक लिएको जनाइएको छ । उनले यसअघि ब्यांग ब्यांग, वारजस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया