ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
एजेन्सी । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ।
बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । ताइवानमा भूकम्पको धक्का धेरै कम महशुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिए ।
अहिलेसम्म आठ वटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरेका छौ ताइपेईमा चाङले बताएका छन् । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुबै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू रोकिएको छैन। दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ ।
कतिपय ६.० म्याग्निच्युडको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यसमा परी एक व्यक्तिको ज्यान गएको र केही भवनहरु ढलेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया