गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले किन फिर्ता पठायो ?

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । उनी अमेरिकाको Lancaster मा आयोजना हुन गईरहेको United Home Care Services LLC द्वारा आयोजित New Year Musical Night 2023 समारोहमा भाग लिन अमेरिका पुगेकी थिइन् ।
गायिका राउतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले नेपाल फिर्ता पठाइदिएको हो ।
कन्सर्टमा सहभागी हुन नपाएपछि गायिका राउतले दुःख व्यक्त गरेकी छिन् । समय र परिस्थितले जुराएमा अर्काे सांगितिक कार्यक्रममा भेट हुने विश्वास व्यक्त गर्दै उनले आयोजक टिमलाई धन्यवाद दिएकी छिन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया