गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले किन फिर्ता पठायो ?
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । उनी अमेरिकाको Lancaster मा आयोजना हुन गईरहेको United Home Care Services LLC द्वारा आयोजित New Year Musical Night 2023 समारोहमा भाग लिन अमेरिका पुगेकी थिइन् ।
गायिका राउतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले नेपाल फिर्ता पठाइदिएको हो ।
कन्सर्टमा सहभागी हुन नपाएपछि गायिका राउतले दुःख व्यक्त गरेकी छिन् । समय र परिस्थितले जुराएमा अर्काे सांगितिक कार्यक्रममा भेट हुने विश्वास व्यक्त गर्दै उनले आयोजक टिमलाई धन्यवाद दिएकी छिन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया