क्वालालम्पुरमा पहिराे : २ जनाको मृत्यु, ५१ बेपत्ता
एजेन्सी । मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।
स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ । यसैबीच न्यु स्ट्रेट टाइम्सले पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको उल्लेख गरेको छ।
अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ । अग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी, मलेशियन सिभिल डिफेन्स फोर्स, स्वास्थ्य मन्त्रालय र स्मार्ट टोली जस्ता अन्य निकायहरूको सहयोगमा खोजी र उद्धार प्रयास जारी रहेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया