लोकसेवाका वैकल्पिक इन्जिनियरलाई विराटनगर महानगरपालिकाले करारमा राख्ने
काठमाडाैं । वैकल्पिक सुचीमा रहेका ईन्जिनीयर तथा सव-ईन्जिनीयरलाई विराटनगर महानरपालिकाले करार सेवामा राख्ने भएको छ ।
महानगरद्धारा सम्पादन हुने पुर्वाधार विकास सम्बन्धी कार्यका लागि सेवा करारमा रहेका सिभिल ईन्जिनीयर र सब इन्जिनीयर व्यवस्थापन गर्नु पर्ने भएकाले २०७८।०७९ देखी हालसम्म लोकसेवा आयोग काठमाडौँ र धनकुटा तथा इलाम कार्यालय एवम् प्रदेश लोकसेवा आयोग, प्रदेश न.१ विराटनगरबाट बैकल्पिक तथा अस्थाइ योग्यताक्रममा सिफारिस भएका उम्मेदवारहरुलाई ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्न महानगरले सुचना जारी गरेको छ ।
त्यस्ता उम्मेदवारले निवेदन, प्रवेश पत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नेपाल इन्जिनीयरिङ परिषद् दर्ता प्रमाणपत्रको प्रतिलिपि र वैकल्पिक तथा अस्थायी योग्यताक्रममा सिफारिस भएको विवरण लिएर कार्यालयमा उपस्थित हुन कार्यालयले भनेको छ ।
यस अघि काठमाडौं महानगरपालिकाले पनि वैकल्पिक सुचीमा रहेका ईन्जिनीयर तथा सव ईन्जिनीयरलाई राख्ने सुचना जारी गरेको थियो उक्त कार्यको चौतर्फि रुपमा प्रशंसा भएको थियो ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया