सोलुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति
सोलु । सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको हो ।
जिल्लाको फुङबोचेका २५, रिङमुका १४, फेरोका ४२, नेले, फाप्लु, लुरा, तामाखानी र गार्मा एक सय ३०, काकु र खास्तावका ८०, हेवाका ५०, चारघरे, सालाबेँसी र तुम्बुकका एक सय ५९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाका नेपाल संयोजक निमा शेर्पाको भनाइ छ ।
गत मङ्सिर २५ गतेबाट सुरु भएको छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार सकिएको संस्थाले जनाएको छ । विगत लामो समयदेखि लोरेन नेपालले सोलुखुम्बुका विभिन्न क्षेत्रका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया