बाराही हाइड्रोपावरको आइपिओ आज बाँडफाँड हुँदै
काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपीओ आइतबार बिहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान १० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।
आइपीओ प्रि ओलोटमेन्ट भने शुक्रबार नै सम्पन्न भइसकेको छ ।
कम्पनीको आइपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आइपीओ बाँडफाँड हुने छ ।
कम्पनीले मंसिर २१ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रति शेयर रु एक सय अंकित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता शेयरमा एक लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कूल पाँच लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया