जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत चयन
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय दल बन्न सफल जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन भएका छन् ।
सो पार्टीको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको सांसदहरूको बैठकले अध्यक्ष डा. राउतलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।
नेता राउत जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी क्षेत्र नं. २ बाट परास्त गरेर सांसदमा विजयी बनेका थिए ।
पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएयो दलले प्रत्यक्षमा ६ र समानुपातिकमा ५ सिट हासिल गरेको छ ।
संसदमा सम्मानजनक स्थान बनाएको जनमत पार्टीले दलको उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी छ । त्यसका निम्ति सोमबार पुनः बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया