जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत चयन

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय दल बन्न सफल जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन भएका छन् ।
सो पार्टीको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको सांसदहरूको बैठकले अध्यक्ष डा. राउतलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।
नेता राउत जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी क्षेत्र नं. २ बाट परास्त गरेर सांसदमा विजयी बनेका थिए ।
पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएयो दलले प्रत्यक्षमा ६ र समानुपातिकमा ५ सिट हासिल गरेको छ ।
संसदमा सम्मानजनक स्थान बनाएको जनमत पार्टीले दलको उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी छ । त्यसका निम्ति सोमबार पुनः बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया