संसदीय दलको नेतामा रवि निर्विरोध, सरकारबारे निर्णय लिन बैठक डाकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने निर्वाचित भएका छन् ।
सो पार्टीको सोमबार बसेको बैठकले सभापतिसमेत रहेका लामिछानेलाई निर्विरोध संंसदीय दलको नेतामा चयन गरेको हो ।
रास्वपाले दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन गर्न बाँकी छ । यसका लागि अहिले ११ बजे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बेठक बोलाइएको सो पार्टीले जनाएको छ ।
पार्टी सरकारमा सहभागी हुने या नहुने भन्ने अर्को एजेन्डा पनि बैठकको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर रास्वपाका नेताहरूको परस्पर विरोधी धारणा बाहिर आइरहेको छ । एक पक्ष सरकारमा जानुपर्ने पक्षमा छ भने अर्को जान नहुनेमा । तथापि, यो विषयले अहिलेसम्म रास्वपामा औपचारिक प्रवेश भने पाएको छैन ।
स्थापनाको केही महिनामा नै निर्वाचनमा होमिएको रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट हासिल गरेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया