कांग्रेस संस्थापनबाट देउवा एक्ला दाबेदार, पछि हटे रामचन्द्र, शशांक र प्रकाशमान
काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक्ला दाबेदार भएका छन् । आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह उम्मेदवारीबाट लगभग पछि हटेका छन् ।
देउवानिकट नेता एनपी साउदले संस्थापनबाट सभापति देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयासमा प्रगति भएको बताए । ‘सभापति संसदीय दलको नेतामा लड्नुहुन्छ, संस्थापनबाट अरू कुनै नेताले घोषित रूपमा आकांक्षा राख्नुभएको छैन,’ उनले भने, ‘सबैको चाहना सभापति सर्वसम्मत हुँदा पार्टीलाई फाइदा हुन्छ भन्ने नै छ ।’
संस्थापनबाट आकांक्षा राखेकामध्ये वरिष्ठ नेता पौेडेलले पनि आफू उम्मेदवार बन्ने–नबन्ने टुंगो लागिनसकेको बताए । ‘अहिलेसम्म टुंगो लागिसकेको छैन । साथीहरूसँग छलफल गरिरहेको छु,’ उनले सोमबार साँझ नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै भने ।
शशांक कोइरालाले पनि सभापति देउवा नै संसदीय दलको नेतामा उपयुक्त हुने अभिव्यक्ति दिँदै आएका छन् । नेता प्रकाशमान सिंह सभापति देउवासँग निरन्तर छलफलमा छन् । सिंहनिकट स्रोत भन्छ, ‘उहाँले कुनै तयारी गर्नुभएको छैन । उहाँ सभापतिज्यूसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । सभापतिज्यू लड्ने अवस्थामा उहाँलाई नै सघाउने मनस्थितिमा हुनुहुन्छ ।’
सभापति देउवा तीनैजना नेतासँग उनीहरूको व्यवस्थापनलाई लिएर संवादमा छन् । सभापति देउवा आकांक्षी नेता र सांसदसँग छलफल गरिरहेका छन् । ‘महत्वपूर्ण नेता र सबै सांसदसँग भेटघाट र सम्पर्कमा हुनुहुन्छ,’ साउदले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया