संकट आउन नदिन बंगलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड
ढाका । देशमा खाद्यान्नको संकट आउन नदिनका लागि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गरेको छ ।
उनले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गरेकी हुन् ।विश्वका कतिपय देशमा अहिले खाद्य संकटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको उनको भनाई छ ।
उनले युनइटेड न्युज अफ बंगलादेशसँगको अन्तरवार्ताका क्रममा सो कुरा बताइन् । उनले भनेकी छन्, ‘हामीले देशभित्र कृषि उत्पादनमा जोड दिनुपर्छ । हामीले खाद्यान्न उत्पादनका आयोजनाहरुलाई बढी भन्दा बढी मात्रामा प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । विश्वका कतिपय देशमा अहिले खाद्यान्न अभाव तथा खाद्या असुरक्षाका समाचारहरु आइरहेकाले हामीले त्यसप्रति ध्यान दिनु आवश्यक छ ।’
विश्वमा आर्थिक मन्दी देखिएको र यसका कारण खाद्यान्नको मूल्यमा पनि अत्यधिक मात्रामा बृद्धि भएकाले क्रयशक्ति कम भएका मानिसहरुले खाद्यान्न किनेर खान सक्ने अवस्था पनि नहुनसक्ने तर्फ सबैले सोच्नुपर्ने पनि उनले जोड दिइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया