वैदेशिक लगानी आकर्षित गर्न प्रवेशाज्ञाको नयाँ व्यवस्था

कलम्बो । वैदेशिक लगानी आकर्षित गर्न श्रीलंका सरकारले प्रवेशाज्ञामा नयाँ व्यवस्था गरेको छ । बन्दरगाह शहर कलम्बोमा विदेशीलाई लगानी, रोजगारी र आवासीय प्रवेशाज्ञा जारी गर्ने अनुमति अध्यागमन विभागलाई दिइएको छ ।
अध्यागमन विभागसँगको समन्वयमा कलम्बो पोर्ट सिटी इकनमिक कमिसनले अब लगानीकर्ता, लगानीकर्तासँगै रोजगारीमा आउने श्रमिक तथा अन्य विदेशी नागरिकलाई आवासीय प्रवेशाज्ञा जारी गर्ने अधिकार दिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावर्देनाले बताएका छन् ।
गृहमन्त्री तिरन एलेसको प्रसतावलाई सरकारले स्वीकार गर्दै कलम्बो पोर्ट सिटी इकनमिक कमिसनलाई प्रवेशाज्ञा जारी गर्ने अधिकार दिइएको मङ्गलबार यहाँ भएको पत्रकारसम्मेलनमा मन्त्रिपरिषदेका प्रवक्ताले बताए ।
प्रवेशाज्ञाको नयाँ व्यवस्थाबाट विदेशी लगानी भित्र्याउत तथा बन्दरगाह शहरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता गुनावर्देनाले बताए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया