NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री एवंम पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान भएको मतदानमा देउवा ६४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।

देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री द्वय प्रकाशमान सिंह र डा. शशांक कोइरालाले समर्थन गरेका थिए । थापालाई नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेलले समर्थन गरेका थिए ।

दलको नेतामा देउवा निर्वाचित भएसँगै उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । अंकगणितमा देउवाको विजयी भएपनि पुस्तान्तरणको पक्षमा थापा नैतिक विजयी भएका छन् ।