कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री एवंम पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान भएको मतदानमा देउवा ६४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री द्वय प्रकाशमान सिंह र डा. शशांक कोइरालाले समर्थन गरेका थिए । थापालाई नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेलले समर्थन गरेका थिए ।
दलको नेतामा देउवा निर्वाचित भएसँगै उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । अंकगणितमा देउवाको विजयी भएपनि पुस्तान्तरणको पक्षमा थापा नैतिक विजयी भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया