सहकारीद्वारा सहुलियतमा घर

झापा । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ ।
सस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग गरेको हो । संस्थाका अध्यक्ष नारायण भट्टराईले संस्थाका सदस्यलाई एकै ठाउँमा घर बनाएर हस्तान्तरण गर्न लागिएको बताए । दमक–४ मा रहेको एक बिघा १८ कट्ठा जग्गामा ५७ आवास निर्माण गरी हस्तान्तरणको तयारी गरिएको छ ।
संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालले मेची आवासमा सदस्यका लागि घर निर्माण अन्तिम चरणमा पुगेको बताए । त्यहाँ बस्नका लागि मेची सहकारीकै सदस्य बन्नुपर्नेछ । कम्तीमा १० धुरदेखि बढीमा १३ धुर सम्मका जग्गामा घर बनिरहेका छन् । रु ४३ लाखदेखि अधिकतम ५१ लाख सम्मका घर छन् ।
संस्थाका सूचना अधिकारी चन्द्र थापाका अनुसार सहकारीमार्फत घर निर्माण गरी एकै ठाउँमा सदस्यलाई राख्न लागिएको हो । यो परियोजना कूल रु २५ करोड खर्च गरिहेको छ ।
संस्थाका अध्यक्ष भट्टराईले सामूहिक रुपमा निर्माण गरिएको आवासमा खुला ठाउँ, बाल उद्यान सहितका सुविधा सदस्यहरुले पाउने जानकारी दिए । उनका अनुसार प्रत्येक घर एक हजार ७५ वर्ग मिटरका रहनेछन् । सबै घर एकै प्रकृतिबाट निर्माण गरिएको छ । संस्थाका अनुसार ५६ वटा घर बिक्री भइसकेका छन् भने एउटा घर कार्यालय प्रयोजनका लागि राखिएको छ । सहकारीमा १४ हजार एक सय ३२ सदस्य रहेका छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया