NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सर्वोच्चले रवि लामिछाने प्रकरणमा भन्याे, दुबै पक्ष छलफलका लागि अदालत आउनु

काठमाडाैं । प्रतिनिधि सभा सदस्य पदको शपथका लागि राष्ट्रिय स्वतन्त्रता पार्टीका सभापति रवी लामिछानेलाई बाटो खुलेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले अन्तरिम आदेश केही नदिए पनि लामिछानेलाई शपथका लागि बाटो खुलेको हो ।

रिट निवेदनमा नागरिकता विवाद अन्त्य नहुँदासम्म शपथ ग्रहणमा रोक लगाउन अन्तरिम आदेश माग गरिएको थियो । तर संवैधानिक इजालासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतलको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।

सभापति लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको दावी रिटमा गरिएकाे छ ।