NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पुर्वप्रधानमन्त्री खनान पुगे अध्यक्ष नेपाललाई हेर्न त्रिवि अस्पताल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यावस्थाको जानकारी लिएका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेता खनालले चिकित्सकसँग अध्यक्ष नेपालको स्वास्थ्यबारे जानकारी लिएका हुन । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल छातीमा सङ्क्रमण देखिनुका साथै रुघाखोकी लागेपछि मङ्गलबारदेखि अस्पताल भर्ना भएका हुन ।

पार्टी कार्यालय सचिव एवं उपमहासचिव गङ्गालाल तुलाधरले पार्टीको तर्फबाट आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

उनका अनुसार अध्यक्ष नेपालमा ज्वरो सामान्य छ भने स्वास्थ्यमा क्रमिक सुधार आएको छ । छातीरोग विशेषज्ञ सन्तकुमार दासको नेतृत्वको टोली अध्यक्ष नेपालको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।