हिमालयन बैंकले पुस २८ गते साधारणसभा, यस्ता छन् एजेण्डा
काठमाडाैं । हिमालयन बैंकले पुस २८ गते ३० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले कार्की व्याङ्क्वेट माइतीघरमा विहान ११ बजे साधारण सभा बोलाएको हो ।
साधारण सभाका लागि बैंकले पुस ११ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार पुस १० गतेसम्म कायम रहेका लगानीकर्ताले बोनस प्राप्त गर्न र साधारण सभामा सहभागि हुन पाउनेछन् ।
के छन् एजेण्डा ?
क) सामान्य प्रस्ताव
१) ३०औं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदजन
१) लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ साल असार मसान्तको वासलत, सोही मितिमा समाप्त आव ०७८/७९ को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने,
३) बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल आव ०७८/७९ को वित्तिय विवरणसहितको एकीकृत वित्तिय विवरण स्वीकृत गर्ने
४) सञ्चाल समितिले सिफारिस गरेबमोजिम नाफाको बाँडफाँट तथा चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार को ११.११ प्रतिशत (करसहित) ले हुने जम्मा १ अर्ब ४४ करोड ८ लाख २५ हजार नगद लाभांश दिने प्रस्ताव स्वीकृत गर्ने,
५) साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद १ को निर्वाचन,
६) कम्पनी एन २०३३ को दफा १११ अनुसार आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त हुन सक्ने ।
ख) विशेष प्रस्ताव
१) सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको जारी र हालको चुक्तापुँजीबाट गर्न वृद्दि गर्न चुक्तापुँजीको ८ प्रतिशत हुने जम्मा १ अर्ब ३ करोड ७४ लाख ९८ हजार बोनस सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव स्वीकृत गर्ने
२)बैंकले आर्थिक वर्ष ७८/७९ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बहन गर्ने क्रममा आर्थिक सहयात प्रदान गर्दा कम्पनी एन २०३३ को दफा १०५ को उपदफा १ को खण्ड ग ले निर्धारण गरेको सीमाभन्दा माथि गरेका सहयोगअन्तर्गत विभिन्न संघसंस्था, सामुदायिक अस्पताल लगायत कार्यक्रममा गरेको खर्च कुल रकम एक करोड २७ लाख १७ हजार २२४ रूपैयाँ अनुमोदन गर्नेलगायत अन्य विभिन्न एजेण्डा पारित गर्ने ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया