नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने
काठमाडाैं । नेकपा माओवादी केन्द्रको संसदीय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।
प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि माओवादीको बैठक बस्ने भएको हो । बैठकले संसदीय दलको नेता चयन गर्नेछ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुने निश्चित जस्तै देखिएको छ ।
माओवादीले संसदीय दलको नेता चयन गरेसँगै आज बेलुकाबाट नै सरकार गठनका लागि छलफल सुरु गर्ने तयारी छ ।
सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्नुपर्नेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया