NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको संसदीय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।

प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि माओवादीको बैठक बस्ने भएको हो । बैठकले संसदीय दलको नेता चयन गर्नेछ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुने निश्चित जस्तै देखिएको छ ।

माओवादीले संसदीय दलको नेता चयन गरेसँगै आज बेलुकाबाट नै सरकार गठनका लागि छलफल सुरु गर्ने तयारी छ ।

सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्नुपर्नेछ ।