NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेलाई बनाउने तयारी, संसदीय दलको बैठक सुरु

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रमुख सचेतकका रुपमा हितराज पाण्डेलाई बनाउने तयारी गरेको छ । माओवादी पदाधिकारीको बैठकमा पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको सचिव गणेश शाहले बताए ।

प्रतिनिधि सभा तर्फको प्रमुख सचेतकका रुपमा पाण्डेलाई बनाउने गरी संसदीय दलको बैठकमा पेस गरिने भएको छ भने दलको उपनेतामा वर्षमान पुन र जनार्दन शर्मा मध्य एक जनालाई बनाइने भएको छ । संसदीय दलको नेतामा भने प्रचण्ड नै हुने निश्चित छ ।

त्यस्तै राष्ट्रियसभा तर्फको दलको नेतामा भने नारायणकाजी श्रेष्ठलाई बनाउने गरी तयारी भईरहेको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

संसदीय दलको बैठक अघि पार्टी कार्यालय पेरीसडाँडाँमा बसेको पदाधिकारी बैठकमा सत्ता समिकरण, संसदीय दलको नेता उपनेता चयन र भावी रणनितीबारे छलफल भएको थियो ।