माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेलाई बनाउने तयारी, संसदीय दलको बैठक सुरु
काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रमुख सचेतकका रुपमा हितराज पाण्डेलाई बनाउने तयारी गरेको छ । माओवादी पदाधिकारीको बैठकमा पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको सचिव गणेश शाहले बताए ।
प्रतिनिधि सभा तर्फको प्रमुख सचेतकका रुपमा पाण्डेलाई बनाउने गरी संसदीय दलको बैठकमा पेस गरिने भएको छ भने दलको उपनेतामा वर्षमान पुन र जनार्दन शर्मा मध्य एक जनालाई बनाइने भएको छ । संसदीय दलको नेतामा भने प्रचण्ड नै हुने निश्चित छ ।
त्यस्तै राष्ट्रियसभा तर्फको दलको नेतामा भने नारायणकाजी श्रेष्ठलाई बनाउने गरी तयारी भईरहेको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।
संसदीय दलको बैठक अघि पार्टी कार्यालय पेरीसडाँडाँमा बसेको पदाधिकारी बैठकमा सत्ता समिकरण, संसदीय दलको नेता उपनेता चयन र भावी रणनितीबारे छलफल भएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया