वर्षाका कारण क्षतिग्रस्त १ सय १३ घरलाई रेडक्रसको सहयोग
हुम्ला । वर्षाका कारण क्षतिग्रस्त हुम्लाका १ सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका १ सय १३ घरधुरीलाई राहत प्रदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत माया नान्यको टोलीले जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहबरमा राहत वितरण गरेको हो । वर्षाका कारण सिमकोट गाउँपालिकाका ५६, अदानचुली गाउँपालिकाका २५, खार्पुनाथ गाउँपालिकाका २८ र चङ्खेली गाउँपालिकामा ४ घरधुरीमा क्षति पुगेको थियो ।
क्षतिग्रस्त घरधुरीलाई रु १० हजारका दरले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेशबहादुर महतले जानकारी दिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया