NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रधानमन्त्रीको दाबीसहित ओली–प्रचण्ड पुगे शितल निवास

काठमाडौं । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै एमाले अध्यक्ष केपी ओली र प्रचण्ड राष्ट्रपति भवन शितल निवास गएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता समीकरण भत्तिएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार भएका हुन् ।

आलोपालो प्रधानमन्त्री हुने गरी सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताले प्रचण्डलाई एमालेसहित रास्वपा, राप्रपा, जसपा, नाउपा र जनमत पार्टीको समर्थन रहेको दाबी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धार ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न दलहरूलाई सात दिनको समय साँझ ५ बजे सकिँदै छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ ।

नयाँ समीकरणमा एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २०, राप्रपाको १४, जसपाको १२, जपाको ६ र नाउपाको एक स्वतन्त्रसहित ४ सिट रहेको छ ।