प्रचण्डले राष्ट्रपति कार्यालयमा पेश गरे प्रधानमन्त्रीको दाबी सहितको पत्र
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदका लागि राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवास पुगेर प्रचण्डले आफ्नो दाबी पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पत्रमा माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहित पत्र राष्ट्रपति कार्यालयमा पेश भएको छ ।
केही बेरमा जनता समाजवादी पार्टीको पत्र पनि आईपुग्ने खबर आएको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया