प्रचण्डले राष्ट्रपति कार्यालयमा पेश गरे प्रधानमन्त्रीको दाबी सहितको पत्र

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदका लागि राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवास पुगेर प्रचण्डले आफ्नो दाबी पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पत्रमा माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहित पत्र राष्ट्रपति कार्यालयमा पेश भएको छ ।
केही बेरमा जनता समाजवादी पार्टीको पत्र पनि आईपुग्ने खबर आएको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया