NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमालेसँगको साँठगाँठ हद दर्जाको अवसरवाद : मसाल

काठमाडाैं । नेकपा (मसाल) ले एमाले, माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका ७ दल मिलेर बनेको गठबन्धनको विपक्षमा उभिएको छ ।

‘पाँचदलीय गठबन्धन तोडेर प्रधानमन्त्रीका लागि एमालेसँग साँगाँठ गर्ने प्रचण्डको कदमलाई यो पार्टीले अवसरवादको हद भनेको छ ।पाँच दलीय गठबन्धनले लामो समयदेखि एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध संघर्ष गर्दै आएको थियो । तर निर्वाचनमा प्रतिगमन विरुद्ध पाँचदलीय चुनावी तामेल समेत गरेको थियो । गठबन्धनका तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो । त्यो कार्य जनतासित ठुलो धोका हो ।’ मसालका महामन्त्री माेहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केपी ओलीले संसद विघटन गरेपछि मसालले त्यसलाई प्रतिगमनको संज्ञा दिदैँ पाँचदलीय गठबन्धनमा मिसिएको थियो ।

गत मंसिर ४ को निर्वाचनमा गठबन्धन दलको सिट भागबन्डा अनुसार प्रतिस्पर्धा गरेको यो दल सरकार गठनका क्रममा नयाँ ट्विस्ट आएसँगै माओवादीसँग पनि क्रुर देखिएको हो ।

प्रतिगामी शक्ति तथा अमेरिका भारतले पाँचदलिय गठबन्धन टुटाएर नयाँ बनाएको दाबी समेत मलाले गरेको छ ।
सिंहले विज्ञप्तीमा भनेका छन्, ‘ प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय स्रामाज्यवादपरस्त तत्वरुसित पनि गठबन्धन गरेका छन् । उनको त्यो कार्यको हामी कडा शब्दमा निन्दा र भत्र्सना गर्दछौँ ।’