कसले गर्ला एमालेबाट सरकारको नेतृत्व ?
काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । सोमबार शपथसँगै नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले सानो आकारमा मन्त्रिपरिषद् बनाउने सम्भावना रहेकाले अध्यक्ष ओलीले पार्टीका तर्फबाट पौडेललाई सरकारको नेतृत्वमा पठाउने आन्तरिक तयारी गरेका हुन् । ‘उहाँ सम्भवतः उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्ने गरी सरकारमा सामेल हुनुहुन्छ, बाँकी कति संख्यामा को–को सामेल हुने गठबन्धन र आन्तरिक छलफलबाट टुंगो लाग्छ,’ एक पदाधिकारीले भने ।
एकीकृत समाजवादी पर्ख र हेरको नीतिमा छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अघि बढ्ने निर्णय गरेको छ । ‘स्वाभाविक रूपमा अगाडि बढ्नुपर्ने गठबन्धन ठूला दुई दल कांग्रेस–माओवादीको असमझदारीले टुट्यो र नयाँ गठबन्धन बन्यो । यसबारे हामीले ठोस रूपमा कुनै निर्णय गरिसकेका छैनौँ । नयाँ गठबन्धन कसरी जान्छ, सरकार कसरी जान्छ भन्ने हेरिरहेका छौँ । त्यसकै आधारमा हामी धारणा बनाउँछौँ,’ उपमहासचिव प्रकाश ज्वालाले भने, ‘परिस्थितिअनुसार हामी निर्णयमा पुग्छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया