NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेपालमा पहिलो पटक डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्ष सुरु

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघ र काठमाडाैं विश्वविद्यालयबीच भएको सम्झौता बमोजिम नेपालमा पहिलो पटक डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्ष (Diploma in Cooperative Management Course)  आजदेखि महासंघको तालिम कक्षामा सुरु भएको छ ।

कोर्ष शुभारम्भसम्वन्धी अभिमुखीकरण तथा संक्षिप्त उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मीनराज कडेलले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित तथा सुशाशित गराउन कोर्ष कोषेढुड्डा सावित हुने अपेक्षा गरिएको बताए  ।

कोर्षको उद्देश्यबारे जानकारी गराउदैँ महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सवैभन्दा द्रुत रूपमा विकास हुने सहकारी व्यवसायका लागि आवश्यक दक्ष र प्रतिस्पर्धि जनशक्ति उत्पादन गर्न नेपालमा नै पहिलो पटक सुरू भएको डिप्लोमा कोर्ष अव्बल सावित हुनेमा आफू विश्वस्त रहेको बताइन् ।

‘सहकारी अभियानमा देखिएको समस्या न्यूनीकरणका लागि समेत कोर्ष सहायक सिद्ध हुनेछ’ महाप्रवन्धक सुव्वाले वताइन् । काठमाडौं विश्वविद्यालय उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समुह कार्य, र इन्टरसिशप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने वताउदै सो कोर्ष व्यवसायिक र प्राज्ञिक विषयवस्तुको समिश्रण गरी बैज्ञानिक आधारमा निर्माण गरिएको जानकारी गराए ।

सो कोर्षको संयोजन गरिरहेका महासंघका वरिष्ठ प्रवन्धक गोपीकृष्ण भण्डारीले तालिमको व्यवस्थापकीय पक्षहरुको वारेमा जानकारी गराएका थिए । उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा महासंघका नायव महाप्रवन्धक वावुल खनालको उपस्थिति रहेको थियो । काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा कक्षा  सहजीकरण गरिने सो कोर्षको पहिलो ब्याचमा विभिन्न सहकारी संस्थाका व्यवस्थापकिय भुमिकामा रहेका २० जना सहभागी छन् ।