सत्ता गठबन्धनको बैठकमा उपप्रधानसहित गृहमन्त्रीमा रविको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा रविले शक्तिशाली मन्त्रीसहित उप्रधानमन्त्री दाबी गरेका हु्न् । बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूले सरकार सञ्चालनबारे विभिन्न शर्त राखेको बताए ।
‘बैठकमा रास्वपाले भ्रष्टाचार मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिनेलगायत विषयमा शर्त राखेका छौं ।’
दिउँसो ४ बजे प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया