अख्तियारको कोठा नं. ४०२ मा प्रधानाध्यापकलाई निम्ता !
काठमाडौं । विद्यालयका प्रधानाध्यापकले नै नक्कली शैक्षिक प्रमाणपत्र देखाएर शिक्षक पदमा नियुक्ति लिएको पाइएको छ । झुटा शैक्षिक प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको खुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ती शिक्षकका नाममा १५ दिने सूचना जारी गरेको छ ।
चितवनको कालिका नगरपालिका–५ स्थित भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले झुटा शैक्षिक प्रमाणपत्र लिएर शिक्षक पदमा नियुक्ति लिएको खुलेको हो ।
यसबारे उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ बमोजिम कँडेललाई १५ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरिएको अख्तियारले जनाएको छ । सूचनामा उनलाई कोठा नं. ४०२ मा सम्पर्क गर्न भनिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया