जसपाले आज संसदीय दलको नेता चयन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ ।
जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर अपराह्न २ देखि ३ः३० बजेसम्म मतदान हुने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जनाइएको छ । प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पराजित भएपछि दलको नेताका रुपमा सङ्घीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी रहेको छ ।
जसपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ । यही पुस १८ र १९ गते राजनीतिक समितिको बैठकपछि मात्रै सो विषयमा निर्णय हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया