NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रधानमन्त्रीकाे छतमा प्रचण्ड-ओली

काठमाडौं । सम्बन्ध टुटेको दुई वर्षपछि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

ओलीकै प्रस्तावमा आइतबार प्रधानमन्त्रीमा चयन भएका प्रचण्डलाई भेट्न १२ बजे प्रचण्ड निवास खुमलटार पुगेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

ओलीलाई प्रचण्डले न्यानो आतिथ्य सत्कार गरेका छन् । ओलीलाई भेट्नुअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अहिले मन्त्रिपरिषद विस्तार, सत्ता सहकार्य गरेका दलहरूले पाउने सिट संख्या लगायत विषयमा दुई नेताबीच छलफल भइरहेको छ ।

प्रचण्डलाई भेट्न ओली एक्लै खुमलटार पुगेका छन् । अघिल्लो निर्वाचनमा चुनावी तालमेलसहित पार्टी एकता गरेका यी दुई नेताबीच २०७७ पुुुुुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सम्बन्धविच्छेद भएको थियो ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि औपचारिक रुपमै यी दुई नेताहरू अलग भएका थिए । त्यसयता गत एमसिसी पास गर्ने विषयमा ओलीलाई भेट्न प्रचण्ड उनकै निवास पुगेका थिए ।

आइतबार देउवासँग सहकार्य भंग भएपछि ओली निवास पुगेका प्रचण्डलाई ओलीले प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।