प्रदेशसभामा थपियो माओवादीको एक सिट
काठमाडौं । निर्वाचन सकिएको एक महिनापछि प्रदेशसभामा माओवादीको एक सिट थपिएको छ ।
मधेश प्रदेशसभामा सर्लाही क्षेत्र नं. ३ (क) बाट निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेसँगै प्रदेशसभामा एक सिट थपिएको हो । उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार साँझ आफ्नो निजी निवास खुमलटारमा उनलाई टीका तथा खादा लगाएर पार्टी प्रवेश गराए ।
योसँगै मधेश प्रदेशसभामा माओवादी सांसदको संख्या ९ पुगेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया