प्रदेशसभामा थपियो माओवादीको एक सिट

काठमाडौं । निर्वाचन सकिएको एक महिनापछि प्रदेशसभामा माओवादीको एक सिट थपिएको छ ।
मधेश प्रदेशसभामा सर्लाही क्षेत्र नं. ३ (क) बाट निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेसँगै प्रदेशसभामा एक सिट थपिएको हो । उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार साँझ आफ्नो निजी निवास खुमलटारमा उनलाई टीका तथा खादा लगाएर पार्टी प्रवेश गराए ।
योसँगै मधेश प्रदेशसभामा माओवादी सांसदको संख्या ९ पुगेको छ ।
ताजा अपडेट
-
अदालतको आदेशलगत्तै रवि पक्राउ, भैरहवा लगियो
-
विशेष अदालतको फैसलामाथि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
-
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली
-
घुस लिएको आरोपमा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बासहित ३ जनामाथि आरोपपत्र दायर
-
नेपाल लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित
प्रतिक्रिया