सत्ता गठबन्धन दलको संयोजकमा ओली चयन
काठमाडौं । सत्ता गठबन्धन दलहरूको संयोजकमा एमाले अध्यक्ष केपी ओली चयन भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरूको बैठकले ओलीलाई संयोजक तोकेको हो ।
ओली नेतृत्वको समितिमा अन्य दलका सदस्यहरू थपिने प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, जसाप, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।
दलहरूबाट मन्त्री छनोट गर्दा विषयगत विशेषज्ञता हासिल गरेकालाई ध्यान दिइने दलहरूबीच सहमति भएको छ । पाँच दिनभित्र सरकारको न्यूनतम कार्यक्रम ल्याउने उनीहरूको तयारी छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया