NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सत्ता गठबन्धन दलको संयोजकमा ओली चयन

काठमाडौं । सत्ता गठबन्धन दलहरूको संयोजकमा एमाले अध्यक्ष केपी ओली चयन भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरूको बैठकले ओलीलाई संयोजक तोकेको हो ।

ओली नेतृत्वको समितिमा अन्य दलका सदस्यहरू थपिने प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, जसाप, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।

दलहरूबाट मन्त्री छनोट गर्दा विषयगत विशेषज्ञता हासिल गरेकालाई ध्यान दिइने दलहरूबीच सहमति भएको छ । पाँच दिनभित्र सरकारको न्यूनतम कार्यक्रम ल्याउने उनीहरूको तयारी छ ।