अमेरिकामा हरेक हप्ता ४८ हजार बालबालिकालाई कोभिड संक्रमण
एजेन्सी । संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको संक्रमण हुने गरेको छ ।
पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको संक्रमण बढेको पाइएको हो ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् । कोभिड संक्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको संक्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन् ।
ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन् । अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ । त्यहाँ चिसोका कारण कैयौं मानिसको ज्यान पनि गएको छ ।
यस अवस्थामा पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । स्वास्थ्य अधिकारीहरुले उमेर समूहका आधारमा कोभिड संक्रमितहरुको तथ्यांक तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया