फेवातालमा फोटोग्राफीको आकर्षण बढ्दो

काठमाडौं । नेपालमा फोटोग्राफीको आकर्षण बढ्दै जाँदा यसैबाट जीविकोपार्जन गर्नेहरूको सङ्ख्या बढ्न थालेको छ ।
खासगरि पर्यटकीय क्षेत्रहरूमा फोटोग्राफी पेशा अपनाउनेहरू बढी देखिन्छन् । पोखराको फेवाताल आसपासमा पर्यटकको तस्बिर खिचेर केही युवाले मनग्ये आम्दानी गरिरहेका छन् ।
फेवाताल घुम्न आउने पर्यटकका ३ सयभन्दा बढी तस्बिर खिचेर दैनिक ८ हजारसम्म कमाइ भइरहेको फोटोग्राफर लमजुङका सन्तोष गैरेले बताए ।
साढे २ लाख रुपैया जति लगानी गरेर सुरू गर्न सकिने फोटोग्राफी रोजिरोटी मात्र नभइ राम्रो आम्दानीको अवसर पनि बनिरहेको तनहुँका समिर कार्कीको भनाइ छ ।
रोजगारीका लागि विदेश मात्रै नै जानु पर्छ भन्ने नरहेको फोटोग्राफरहरू बताउँछन् । वैकल्पिक बाटो खोज्न सके स्वदेशमै आम्दानी गर्न सकिन्छ । फेवाताल आसपास पर्यटकका तस्बिर खिचेर ३२ जना फोटोग्राफरले राम्रो आम्दानी गरिरहेका छन् ।
ताजा अपडेट
-
‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न विशेष समितिले पायो २१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
-
‘जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ’-विनोद चौधरी
-
चार कम्पनी कालोसूचीमा
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
प्रतिक्रिया