बागमती प्रदेशसभाका सदस्यलाई शपथ
काठमाडौं । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।
हेटौंडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिएका थिए ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना सदस्य छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया