बागमती प्रदेशसभाको बैठक पुस १८ गते बस्ने आह्वान

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेशसभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस भए अनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक पुस १८ गतेलाई आह्वान गरेकाे बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया