नायिका प्रियंकाकी सासुले सार्वजनिक गरिन् प्रेमीको तस्बिर
काठमाडाैं । मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएकी रविना देशराज श्रेष्ठले आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन्। उनले एक साताअघि मात्रै राजिनामा दिएकी हुन् ।
रविनाले सामाजिक सञ्जालमा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्ना प्रेमीलाई चिनाउन पाउँदा खुसी लागेको बताएकी छन्।
मेगा बैंकबाट राजीनामा दिँदै बैंकिङ करिअर छाडेकी रविनाले सामाजिक सञ्जालमार्फत आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गर्दै सबैलाई शुभकामना र आर्शीवादको अपेक्षा राखेकी छन्। तस्विर सार्वजनिकपछि सामाजिक सञ्जालमा बधाईको ओइरो नै लागेको छ ।
लामो समयदेखि एकल जीवन बिताउँदै आएकी रविना नायिका प्रियका कार्कीकी सासु हुन् । उनका दुई छोरा आयुशमान र असिरमान नेपाली सिनेमा क्षेत्रमै छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी रविना नबिल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन्। मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि उनी इन्भेस्टमेन्ट बैंकमा डेपुटी सीईओ हुने सहमति भएको थियो। तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया