इन्डोनेसियाले कोभिड नियन्त्रणका निम्ति लागू प्रतिबन्ध हटायो
एजेन्सी । इन्डोनेसिया सरकारले कोभिड–१९ नियन्त्रणका निम्ति लागू गरिएका सबै प्रतिबन्ध हटाएको छ ।
राष्ट्रपति जोको विडोडोले कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेको राष्ट्रव्यापी प्रतिबन्ध हटाउने निर्णय भएको घोषणा गरेका छन् ।
दश महिनाभन्दा बढीको छलफल, सार्वजनिकस्थलको आवागमनलगायत पक्षलाई विश्लेषणका साथै कोरोना सङ्क्रमणको पछिल्लो तथ्याङ्कका आधारमा प्रतिबन्ध हटाउने निर्णय भएको राष्ट्रपति विडोडोले बताए । जमघट र भेलामा प्रतिबन्ध हटाइएको भए पनि सबैलाई सतर्क रहन आग्रह गरे ।
‘म राष्ट्रका सबै क्षेत्रलाई सावधान र सजग रहन सल्लाह दिन्छु, जनताले कोभिड–१९ को जोखिमविरुद्ध सतर्कता अपनाउनुपर्छ,’ राष्ट्रपति कार्यालयबाट उनले भने । साथै उनले भीडमा नजान, जानु परेमा मास्क लगाउन अनुरोध गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया