प्रहरीमा भनसुन बन्द, सरुवा–बढुवा मापदण्डअनुसार
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सरुवा, बढुवा र वृत्ति विकासका लागि मापदण्ड तयार गरी लागू गरिने बताएका छन् । मापदण्ड र कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा र सरुवा गर्ने–गराउने व्यवस्था कडाइका साथ पालना गरिने उनको प्रतिबद्धता छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय निरीक्षणपछि निर्देशन दिँदै उनले प्रहरी संगठनमा आफ्नो हस्तक्षेप नहुने र सिस्टमका आधारमा चलाइने प्रतिबद्धता व्यक्त गरेका हुन् । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कार्यान्वयन गरिने र कुनै प्रहरी आर्थिक लेनदेनमा मुछिए सम्बन्धित कार्यालय प्रमुखलाई सुरुमा कारबाही गरिने उनको चेतावनी छ ।
आफूमाथि जनताको धेरै अपेक्षा रहेको भन्दै चुस्त तरिकाले काम गर्न उनले आग्रह गरेका छन् । प्रहरीको सेवा–सुविधा बढाउने र महँगीअनुसारको रासनको व्यवस्था नहुने अवस्थाको अब अन्त्य गरिने उनको भनाइ छ । राजनीतिक दलका आवरणमा संरक्षित गुन्डागर्दीविरुद्ध निर्मम भएर कारबाही गर्न उनले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा उनले निर्मला हत्या घटनाको प्रगति विवरणबारे ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि सिआइबीमा कार्यरत डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भएको छ । मनोचिकित्सकलगायतलाई समावेश गरी अनुसन्धान समिति बनेको हो । अहिले पनि सिआइबीले इन्स्पेक्टर नेतृत्वको टोली कञ्चनपुरमा खटाएर अनुसन्धान गरिरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया