NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रोनाल्डो कीर्तिमानी तलबसहित साउदी क्लबमा अनुबन्ध

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो कीर्तिमानी तलबसहित साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका छन् ।

म्यानचेस्टर युनाटेड छाडेपछि बेरोजगार बनेका रोनाल्डो दुई वर्षका लागि उक्त क्लबमा जोडिएका हुन् । यो साउदीको सर्वाधिक चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितिसकेको छ ।

यसअघि रोनाल्डोलाई साउदीकै अर्को क्लब अल हिलालले भित्राउन लागेको चर्चा थियो । तर उक्त क्लब यसमा सफल हुन सकेन ।

रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रोनाल्डोका लागि सम्झौता गरिएको रकम फुटबलहरूले पाएको पारिश्रमिकको अहिलेसम्मकै धेरै हो ।

रोनाल्डोले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।

यसअघि म्यानचेस्टर युनाइटेडमा आबद्ध रोनाल्डो एक विवादास्पद अन्तर्वार्तापछि त्यहाँबाट अलग भएका थिए ।