कंगोको पहिरोमा परी १० खानी कामदारको मृत्यु
एजेन्सी । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।
दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा बिहीबारदेखि शुक्रबार रातिको भारी वर्षापछि यो प्रकोप आएको स्थानीयहरूले बताएका छन् ।
पहिरोले सो क्षेत्रका दुईवटा सुन खानी स्थलमा क्षति पुगेको छ । अस्थायी खानीका १० जनाको मृत्यु, नौ जना घाइते, र बेपत्ता छन् । अधिकांश पीडितहरू कारीगर खानीका रहेका बताइएको छ । दुई खानी साइटहरूमा बारम्बार पहिो आउने गरेको बताइएको छ ।
दश जनाको मृत्यु भएको पुष्टि भएको र अन्य शव निकाल्ने खोजी टोलीले प्रयास गरिरहेको स्थानीय रेडक्रसका अधिकारी ओनेसफोर काबन्डिल्वाले बताएका छन् ।
अन्य शव निकाल्न खोजी टोलीले प्रयास गरिरहेको उनले बताएका छन् । डिसेम्बरको मध्यमा, मुसलधारे वर्षाको कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा एक सय ६० भन्दा भन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया