अफगानिस्तानको राजधानीमा शक्तिशाली विष्फोट
काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् ।
‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतवार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका हुन् ।
थप विवरण नदिई घटनाको अनुसन्धान शुरु भएको उनले बताएका छन् । हालसम्म विष्फोटनको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया