धेरै फउल खेले राजनीतिक खेलाडीले पनि रेडकार्ड पाउँछन् : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै फउल खेले राजनीतिक खेलाडीले पनि रेडकार्ड पाउने बताएका छन् ।
विश्व चर्चित फुटबलर मेसी, एम्बाप्पे, रोनाल्डोको उदाहरण दिँदै उनले राजनीति खेलाडीले पनि अनुशासनमा बसेर खेल खेल्नुपर्ने बताएका हुन् ।
आइतबार मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसको अवसरमा ओलीले फाउल खेल्ने राजनीति खेलाडीलाई कारवाही गर्ने उल्लेख गरे ।
‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले गोल पोष्टमा होइन, खुट्टामा छिड्की हान्छ’, ओलीले भने, ‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अहिले राजनीतिमा फउल नखेल्ने खेलाडी चाहिएको हो। फाउल खेले उनीहरूले पनि रेड कार्ड पाउछन् ।’
मन्त्रिपरिषद विस्तारमा खेलकुद मन्त्री नियुक्त नभएपनि केही समयमा हुने ओलीले बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया