NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

धेरै फउल खेले राजनीतिक खेलाडीले पनि रेडकार्ड पाउँछन् : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै फउल खेले राजनीतिक खेलाडीले पनि रेडकार्ड पाउने बताएका छन् ।

विश्व चर्चित फुटबलर मेसी, एम्बाप्पे, रोनाल्डोको उदाहरण दिँदै उनले राजनीति खेलाडीले पनि अनुशासनमा बसेर खेल खेल्नुपर्ने बताएका हुन् ।

आइतबार मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसको अवसरमा ओलीले फाउल खेल्ने राजनीति खेलाडीलाई कारवाही गर्ने उल्लेख गरे ।

‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले गोल पोष्टमा होइन, खुट्टामा छिड्की हान्छ’, ओलीले भने, ‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अहिले राजनीतिमा फउल नखेल्ने खेलाडी चाहिएको हो। फाउल खेले उनीहरूले पनि रेड कार्ड पाउछन् ।’

मन्त्रिपरिषद विस्तारमा खेलकुद मन्त्री नियुक्त नभएपनि केही समयमा हुने ओलीले बताए ।