NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ब्राजिलको राष्ट्रपतिमा लुलाको ह्याट्रिक, सपथ लिँदा रोए

काठमाडौं (एजेन्सी) । लुइस इनासियो लुला डे सिल्भा तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका छन् ।  गत वर्षको अक्टोबरमा सम्पन्न निर्वाचनमा जैर बोल्सोनारोलाई पराजित गर्दै लुलाले तेस्रो पटक राष्ट्रपतिमा जित निकालेका थिए ।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति बनेका उनले तेस्रो पटक सोही पदमा सपथ लिएका छन् । निकै उतारचढावपूर्ण राजनीतिक जीवन झेलेका लुला सपथ दौरान धेरै पटक भावुक बनेका थिए ।

सपथपछि बोल्दै उनले देशको पुनर्निर्माण गर्ने बताए । साथै पूर्ववर्ती सरकारले लिएको नीतिको आलोचनासमेत गरे ।

उनको सपथपूर्व संसद भवनबाहिर समर्थकहरूको बाक्लो भीड लागेको थियो ।  दुई ठूला स्टेजमा सपथपछि ६० भन्दा बढी कलाकारले प्रस्तुति दिएका थिए ।

लुला दिग्गज वामपन्थी नेता हुन् । उनी भ्रष्टाचार आरोपमा जेलसमेत परेका थिए । तर सन् २०२१ मा उक्त सजाय खारेज गरिएको थियो ।

यसअघि राष्ट्रपतिको जिम्मेवारीमा बोल्सोनारो रहे पनि उनी आफ्नो कार्यशैलीले निकै अलोचित रहे । उनी लुलाको सपथ ग्रहण समारोहमा समेत अनुपस्थित भएको बताइएको छ । त्यसलाई छल्न बोल्सोनारो शुक्रबार नै अमेरिका प्रस्थान गरेको बिबिसीले लेखेको छ ।