सुपरस्टार हुनुअघि कार धुन्थे गिप्पी ग्रेवाल

काठमाडौं । गिप्पी ग्रेवाल पञ्जाबी फिल्मका सुपरस्टार हुन् । विश्वभरका करोडौं मानिस ग्रेवालको गायकीको फ्यान छन् । यो स्थानमा उनी एकै पटक आइपुगेका भने होइनन्, ठूलो संघर्ष र परिश्रमले उनी सफल बनेका हुन् । सायदैलाई थाहा हुनुपर्छ, संघर्षका दिनमा उनले गाडी धुनेदेखि सेक्युरिटी गार्डको रूपमा काम गरेको ।
यति मात्र होइन, रेष्टुरेन्टमा वेटर बन्न उनी क्यानडासमेत गएका थिए ।
गिप्पीको जन्म २ जनवरी १९८३ मा भएको थियो । उनले आज आफ्नो ३९ औं जन्मदिन मनाइरहेका छन् । यस अवसरमा उनका संघर्षका कथा यहाँ प्रस्तुत गरिएको छ
गिप्पीलाई सानैदेखि संगीत र नाटकमा रुचि थियो । जसका कारण गिप्पीलाई पढाइमा मन लागेन ।
गिप्पी बसेको गाउँमा सिक्ने कुरा केही थिएन । १२ कक्षापछि उनले संगीत सिक्न थाले । जब उनी आफ्नो संगीत शिक्षककहाँ गए, शिक्षकले उनलाई निकै निराश बनाए । स्वर निकै रुखो भएकाले निखार ल्याउन साधना गर्नुपर्ने शिक्षकको भनाइ थियो । यसपछि उनले आफ्नो स्वर सुधार्ने प्रयास गरे, उनको रुखो आवाजले उनलाई फरक पहिचान दियो ।
गिप्पी पञ्जाबी फिल्म उद्योगमा एक अभिनेता, गायक, निर्माता, निर्देशक र लेखकको रूपमा लामो समयदेखि सक्रिय छन्। उनी जे काम गर्छन, मनैदेखि गर्छन् । फिल्ममा आउनुअघि उनले क्यानडामा वेटरको काम गरेका थिए । त्यसपछि उनले लामो समय दिल्लीमा सेक्युरिटी गार्डको रुपमा काम गरे । उनले सवारी साधन पनि धोएका छन् । कुनै पनि काम गर्न लाज नमानेको उनी बताउँछन् ।
गिप्पीले आफ्नो गायन करियरको सुरुवात एल्बम ‘चक्ख लाई’बाट गरेका थिए । जसले उनलाई सुरुमै नसोचेको सफलता दियो ।
त्यसपछि उनले सन् २०१० मा पञ्जाबी फिल्म ‘मेल करादे रब्बा’ र ‘जिहने मेरा दिल लुटेया’ मा काम गरे । सन् २०१२ मा उनले आफैंले क्यारी अन जट्टा’ निर्माण गरे । जुन पञ्जाबी फिल्ममध्येकै सुपरहिट मानिन्छ । सन् २०१८ मा उनले बनाएको ‘क्यारी अन जट्टा २’ ले बक्स अफिसमा ६० करोड कमाएको थियो। अब दर्शकले यो वर्ष गिपीको फिल्मको तेस्रो भाग हेर्न पाउनेछन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया