NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

भालुवाङ । लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।

दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उनी हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री छन् । संस्थापन पक्षका चौधरी संविधानसभा सदस्यसमेत थिए ।

संसदीय दलको नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी थिए ।लुम्बिनी प्रदेशसभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् ।

लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् ।