NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

लिबियामा अज्ञात व्यक्तिका १८ शव फेला

एजेन्सी । लिबियाका अधिकारीहरुले उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएकाे आइतबार जनाएका छन् ।

सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती अधिकारीले जनाएका छन् ।

बेपत्ता व्यक्तिहरुको खोजी गर्ने सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पु-याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

उनले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन् ।गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ ओटा शव भेटिएको त्यहाँको प्रहरीले जनाएको थियो ।

सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए । सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो ।

पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान प्रहरीले गर्ने गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष