राजदूत अधिकारी र पाकिस्तानी प्रमका विदेश मामिला सम्बन्धी विशेष सहायकबीच भेटवार्ता
काठमाडौं । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेश मामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का साथै दक्षिण एसियामा क्षेत्रीय सहयोग प्रवर्द्धनबारे छलफल भएको इस्लामाबादस्थित नेपाली राजदूतावासले बताएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया