NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

आजदेखि पुनः ‘भारत जोडो’ यात्रा थाल्दै राहुल गान्धी

काठमाडौं (एजेन्सी) । भारतीय कंग्रेसका नेता नेता राहुल गान्धीले ‘भारत जोडो यात्रा’ पुनः सुरु गर्ने भएका छन् । दोस्रो चरणको यात्रा मंगलबार दिल्लीको कश्मीरे गेटबाट सुरु हुनेछ ।

दक्षिण भारतको कन्या कुमारीबाट सुरु यो यात्राले विगत १०८ दिनमा तमिलनाडु, महाराष्ट्र हुँदै ४६ जिल्ला र नौ राज्य पार गरिसकेको छ ।

बिबिसी हिँन्दीका अनुसार, कंग्रेसले पश्चिमी उत्तर प्रदेशमा राहुल गान्धीको भव्य स्वागतका लागि सबै तयारी पूरा गरेको छ । राहुलको स्वागतका लागि यूपीका विभिन्न क्षेत्रका कंग्रेस कार्यकर्ता मावी कलानमा भेला हुन थालेका छन्।

यो अभियानमा राहुलसँगै उनको पार्टीका शीर्ष नेतालगायत २५० जना सहभागी हुनेछन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, राहुल गान्धी पश्चिमी उत्तर प्रदेशको बागपत जिल्ला हुँदै मावी कलान गाउँ पुग्नेछन् ।

चिसो मौसमलाई ध्यानमा राखी बाहिरबाट आएका कामदारलाई सुत्न पण्डालमा गद्दा र कम्बलको व्यवस्था गरिएको छ ।

बुधबार बिहान माविकलाबाट सुरु यो यात्रा स्थानीय मन्दिरमा पुगी बारोत पुग्नेछ । र राहुल गान्धीले बारोटको छपरौली चुंगीमा नुक्कड सभालाई पनि सम्बोधन गर्नेछन्, त्यसपछि यात्रा शामली जिल्लामा प्रवेश गर्नेछ।

राहुलले भारतलाई एकताबद्ध गर्न यो अभियान जोडेको बताए पनि भारतीय जनता पार्टीले यसलाई रुचाएको छैन ।

 

ताजा अपडेट

नेपालवाच विशेष